नेप्से परिसूचकमा ५४ अंकको हरियाली

काठमाण्डाै । आइतबार   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आइतबार नेप्से ५४ अङ्कले बढेर दुई  हजार ६६५  दशमलव १०  बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८  दशमलव ७८  अङ्कले बढेर ४७७ दशमलव ८१  मा पुगेर रोकिएको छ । परिसूचकमा  वृद्धि हुँदा कारोबार रकम समेत वृद्धि  भएको छ ।

स्टकका अनुसार कुल २२६  कम्पनीका १ करोड ५५  लाख ९६  हजार ५९  कित्ता शेयर सात  अर्ब ३६  करोड ८  लाख ५००  रुपैयाँमा खरिद–बिक्री भए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री