काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै ८ क्लवबाट ३८ जना टोस्टमास्टर्सले डिस्टिक्ट लेभेल टेबल टपिक्स र वक्तित्वकला प्रतियोगितामा भारतको नयाँ दिल्ली र आग्रामा सहभागिता जनाएका थिए । उक्त प्रतियोगिता मे १० देखि १३ सम्म आयोजना भएको थियो । उक्त प्रतियोगितामा काठमाडौं टोस्टमास्टर्स क्लवका सन्दीप अधिकारीले डिभिजन स्तरीय प्रतिस्पर्धाको अन्तर्राष्ट्रिय स्पिच कन्टेष्टमा दिपेश चालिसे लक्ष्मी बैंक टोस्टमास्टर्स क्लवको प्रतिनिधित्वसँग मिलेर तेस्रो स्थान हात पारे ।
टेबल टपिक्स कन्टेष्टमा बोधी टोस्टमास्टर्स क्लवका निलादरी परियल र हिमालयन टोस्टमास्टर्स क्लवका रुपक मैनालीले दोस्रो स्थान सुरक्षित गरे । एभरेष्ट टोस्टमास्टर्स क्लव, काठमाडौं टोस्टमास्टर्स क्लव, हिमालयन टोस्टमास्टर्स क्लव, काठमाडौं कलेज अफ मेनेजमेन्ट टोस्टमास्टर्स क्लव र साँग्रिला टोस्टमास्र्टस क्लवले डिस्टुइगिस्ट अहेड अफ टाईम अर्वाड Distinguished Ahead of Time Award (DATA), (डाटा) अर्वाड जितेका थिए । साथै काठमाडौं कलेज अफ मेनेजमेन्ट टोस्टमास्र्टस क्लवले निर्धारित समय भित्र र्यापिड १० अवार्ड जित्न सफल भएको थियो ।
एभरेष्ट टोष्ट मास्र्टस क्लबका शुमनशाक्य भन्छन, ‘हामीबौद्धिक र संस्कृतिक शक्ती हौं । र, यस क्षत्रको टोष्ट मास्र्टस परिवारमाअझै ठुलो जिम्मेवारी निभाउने समय आएको छ ।’ बिगत २० बर्षदेखि सामान्य उपस्थिति जनाउँदै आएको नेपालअबभने दह्रो उपस्थिति जनाउन सक्ने भएको छ । अहिले नेपाल क्षत्रिय स्तरमा सक्रिय छ र अबक्षत्रिय र अन्तराष्टियस्तरमा टोस्टमास्टर्स मुभमेन्टमा सहयोग गर्न सक्ने स्थानमापुगेको छ । हाल नेपालमा १२ टोस्टमास्टर्स क्लबकाकरिब ५०० सदस्यले साप्ताहिकरुपमा सार्वजनिक बहस,संचार र नेतृत्वकलाको अभ्यास गर्दै आएका छन् ।




