काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले यहि असार ८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने वताएको छ । कम्पनीले चुक्तापुँजी बढाउन साविकका सेयरधनीलाई ३१ करोड ६६ लाख ६७ हजार रुपैयाँ बराबरको ३१ लाख ६६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको जानकारी दिएकाे छ ।
हकप्रद निष्कासन बन्द साउन १० गते हुने निष्कासन र बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।
हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर १ अर्ब रुपैयाँ पुग्नेछ भने नियामक बीमा समितिले अाउने असारसम्म चुक्तापुँजी बढाएर १ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएपछि प्रभुले हकप्रद निष्कासन गर्न लागेको वताएकाे छ ।
तपाईंको प्रतिकृया




