बुबाको हत्या आरोपमा १७ वर्षीय किशोर पक्राउ

सुनसरी । सुनसरीको प्रकाशपुरमा बुबाको हत्या आरोपमा एक १७ वर्षीय किशोर पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिका–९ स्थित प्रकाशसपुर घर भएका ३८ वर्षीय उपेन्द्र पौडेलेको हत्या आरोपमा उनका छोरालाई पक्राउ गरिएको सुनसरीका एसपी कमल थापाले जानकारी दिए ।

विवाद हुँदा चिया पकाउने ताप्केले हिर्काउँदा घाइते भएका उपेन्द्रलाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा लगिएको थियो । उपचारको क्रममा बिहिबार उनको मृत्यु भएको हो ।

बुवाको मृत्युपछि छोरालाई पक्राउ गरेर ज्यानसम्बन्धी कसुरमा अनुसन्धान शुरु गरिएको एसपी थापाले बताए । नाबालक भएकाले प्रहरीले हत्या आरोपीको नाम सार्वजनिक गरेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुग्लिनको पहिरोमा पुरिएर स्काभेटर चालकको मृत्यु

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तीननम्बर पुलमा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु …

प्रतिकृया दिनुहॊस