एमाले बैठक: माधव पक्षमाथि थप कारबाही होला ?

काठमाडौँ । सत्तारूढ नेकपा एमालेको केन्द्रीय कमिटी (महाधिवेशन आयोजक कमिटी) बैठक बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । अध्यक्ष ओलीले केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेका थिए । यो बैठक बैशाख ६ गतेकै निरन्तरता हो । उक्त बैठकले माधवपक्षीय नेताहरु प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सबै नेताहरुले स्पष्टीकरण बुझाइसकेका छन् । चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने अध्यक्ष ओलीको तयारी छ । यसबीचमा अध्यक्ष ओली र नेता नेपालबीच मेरियट होटलमा बुधबार र बिहीबार दुई चरणमा वार्ता भएको थियो । तर, वार्ता फलदायी नभएको नेपाल पक्षको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री