वामदेवले ओलीलाई भने- त्यसो भए म तपाईंसँग आउँदिन

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वीकार गरेका छन् । बिहीबार बेलुका भएको डिनर मिटिङमा ओलीले पार्टीको काममा फर्किन प्रस्ताव गरेपनि गौतमले अस्वीकार गरेका हुन् ।

गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत डिनर मिटिङ सकारात्मक नभएको जनाएका छन् । ‘हिजो ९ गते केपी ओलीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो । उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो । मैले गत फागुन २८ गते तपाईले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरे’, उनले भनेका छन्, ‘उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिए ।’

उनले आफ्नो अनुरोध प्रधानमन्त्रीले नस्वीकार्ने भएपपछि डिनर चल्दैगर्दा बीचमै बालुवाटारबाट बाहिरिएको बताएका छन् । उनले भनेका छन्, ‘डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस