कांग्रेस वरिष्ठ नेता पौडेलका माइला भाइको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका माहिला भाइको निधन भएको छ । चितवनको रत्ननगर बस्दै आएका पौडेलका भाइ गोविन्दराज पौडेलको आज विहान ७५ वर्षको उमेरमा निधन भएको हो ।

सामाजिक सञ्जालमा लेख्दै नेता पौडेलले भाइको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन् । ‘मेरा प्यारो माइलो भाइ गोविन्दराज पौडेलको असामयिक निधनको खबरले मर्माहत बनाएको छ । हाम्रो परिवार र गाउँ समाजकै भरोसाका रुपमा हेर्ने भाइ पछिल्लो समय चितवन रत्ननगरमा बस्दै आएका थिए’, उनले लेखेका छन् ।

उनले नातामा भाइ भए पनि आफ्नो साथी जस्तै भएको र सबै कुरा सहयोग गर्ने बताएका छन् ।​ ‘मेरो राजनीति जीवनकालमा सधै सहयोगी भूमिका निर्वाह गरेका भाइको निधनले एक्लो भएको महशुस गरेको छु । प्रिय भाइ तिम्रो आत्माको चीर शान्तिको कामना’ उनले लेखेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु

काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । …

प्रतिकृया दिनुहॊस