तत्काल विद्यालय बन्द नहुने, थप सतर्कता आवश्यक

काठमाडाैँ । नयाँ प्रजातिको कोरोनाभाइरसको जोखिम बालबालिका र युवामा देखिन थालेपछि संक्रमण बढेका ठाउँमा शिक्षण संस्था बन्द गर्ने छलफल चलिरहेका बेला सरोकारवाला भने विपक्षमा उभिएका छन् ।

शिक्षा मन्त्रालयले आज विहान आयोजना गरेको छलफलमा सहभागी शैक्षिक क्षेत्रका सरोकारवालाहरुले परीक्षाहरु आइरहेको भन्दै विद्यालय बन्द गर्न नहुने सुझाव दिएका छन् । गर्नै परे स्थानीय तहहरुले त्यहाँको अवस्था हेरेर गर्न सक्ने नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जुले बताए ।

छलफलमा सहभागी परीक्षण बोर्डका अध्यक्ष डा.चन्द्रमणी पौडेल,नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु,प्याव्सन र एनप्याव्सनका पदाधिकारी तथा अभिभावक संघहरुले विद्यालय बन्द नगर्न सुझाव दिएका हुन् ।

छलफलमा उठेका कुराहरुलाई आफूहरुले सीसीएमसी हुँदै मन्त्रिपरिषद बैठकसम्म लैजाने शिक्षा सचिव रामप्रसाद थपलियाले बताए । सीसीएमसीले भने संक्रमण बढेका ठाउँमा विशेष गरि काठमाडौं लगायतका शहरी क्षेत्रमा कम्तिमा ३ साता शिक्षण संस्था बन्द गर्न प्रस्ताव लगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु

काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । …

प्रतिकृया दिनुहॊस