काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका माहिला भाइको निधन भएको छ । चितवनको रत्ननगर बस्दै आएका पौडेलका भाइ गोविन्दराज पौडेलको आज विहान ७५ वर्षको उमेरमा निधन भएको हो ।
सामाजिक सञ्जालमा लेख्दै नेता पौडेलले भाइको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन् । ‘मेरा प्यारो माइलो भाइ गोविन्दराज पौडेलको असामयिक निधनको खबरले मर्माहत बनाएको छ । हाम्रो परिवार र गाउँ समाजकै भरोसाका रुपमा हेर्ने भाइ पछिल्लो समय चितवन रत्ननगरमा बस्दै आएका थिए’, उनले लेखेका छन् ।
उनले नातामा भाइ भए पनि आफ्नो साथी जस्तै भएको र सबै कुरा सहयोग गर्ने बताएका छन् । ‘मेरो राजनीति जीवनकालमा सधै सहयोगी भूमिका निर्वाह गरेका भाइको निधनले एक्लो भएको महशुस गरेको छु । प्रिय भाइ तिम्रो आत्माको चीर शान्तिको कामना’ उनले लेखेका छन् ।
प्रतिकृया दिनुहॊस