आजको मौसम: यी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैँ । अहिले देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्य रहेको छ ।

अहिले प्रदेश नं १ लगायत देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्ह पछि मेघगर्जन तथा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री