काठमाडौँ । मुक्तिनाथ विकास बैंककाे कैलाली जिल्लाको लम्की शाखाले लम्कीचुहा नगरपालिका वडा -१० स्थित जयबागेश्वरी आयल स्टोरमा क्युआर कोड वितरण गरेको छ ।
बैंकले डिजिटल कारोबारलाई उच्च प्राथमिकता दिँदै आयल स्टोरहरुमा समेत क्युआरमार्फत भुक्तानी लिने कार्यको सुरुवात गरेको हो ।
आयल स्टोर अर्थात पेट्रोल पम्पहरुमा क्युआर कोड राख्दा लम्की नगरपालिका क्षेत्रका सेवाग्राहीहरुले डिजेल र पेट्रोल खरिद गरे बापतको रकम सम्पूर्ण क्यूआर कोडबाट नै भुक्तानी गर्न सक्नेछन् ।
क्यूआर कोड राख्दा मानिसहरुले गोजीमा नगद पैसा बोकेर हिड्नुपर्ने झन्झट नहुने र सुरक्षित रुपमा भुक्तानी गर्ने सकिने भएकाले बैंकले क्युआर कोड बिस्तारमा जोड दिइरहेको बैंकको लम्की शाखाका शाखा प्रबन्धक ओमकार जोशीले बताए ।
क्युआर कोड वितरणपछि शाखाका प्रबन्धकले क्युआर प्रयोग गर्ने तरिकाका विषयमा जानकारी सकेत दिएका थिए ।




