काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यालय बुटवल शाखाले घातक रोगको बीमा दाबी भुक्तानी रकम वापत ३० लाख रुपैयाँ प्रदान गरेको छ ।
कम्पनीले तिलोत्तमा नगरपालिका वडां नं ९ निवासी ४१ वर्षिय राम चन्द्र कंडेललाई उक्त रकम प्रदान गरेकाे हाे ।
तिलोत्तमा नगरपालिका वडा नं ९ निवासी ४१ वर्षिय राम चन्द्र कंडेलले २०७६ श्रावण महिनामा सिटिजन लाइफको बुटवल शाखाबाट ३० लाखको वार्षिक अग्रिम भुक्तानी बीमा गरेका थिए ।
एक किस्ता बीमा शुल्क २ लाख ४६ हजार मात्र बुझाएका कंडेल फर्निचर उद्योगमा काम गर्दागर्दै मुटुमा समस्या भइ उपचारको लागी काठमाडौंको गंगालालमा गएका थिए ।
उनको उपचारकै क्रममा कम्पनिले सो ३० लाख विमाङ्क रकम प्रदान गरीएको क्षेत्रीय शाखा प्रबन्धक दुर्गा राज ढकालले बताए ।
तपाईंको प्रतिकृया




