पछिल्लो २४ घण्टामा १७६ जना कोरोना संक्रमित

काठमाडौं । आज, आईतबार १७६ जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७६ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ९४४ पुगेको छ भने पछिल्लो २४ घण्टामा  कसैको पनि मृत्यु भएको छैन ।   संक्रमित मध्ये २ लाख ७३ हजार २४० जना उपचारपछि निको भएका छन् ।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार ३२ जना पुगेको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री