कुमारी बैंकले उपाय सिटी कार्गोका ड्राइभर पार्टनरलाई सहुलियतमा कर्जा दिने

काठमाडौं । कुमारी बैंकले उपाय सिटी कार्गोबीच सहकार्य गर्ने सम्झाैता भएकाे छ ।

बैंक र कार्गाेबीच विभिन्न शिर्षकमा सहकार्य गर्ने सम्झाैता भएकाे हाे ।

बैंकको नक्साल परिसरमा भएको एक संक्षिप्त कार्यक्रममा बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप राणाको सभापत्य लगायत उपाय सिटि कार्गोका अध्यक्ष सुमन रायमाझीको र एफवान स्फट इन्टरनेसनलका बिश्वास ढकाल र युके एड अन्तर्गतको “सीप” का नेपाल प्रमुख बल्जित बोहराको आतिथ्यता लगायत सम्पूर्ण संस्थाका व्यवस्थापन समूहका सदस्य एवं प्रतिनिधिकोबीच यस सहकार्यको आधिकारिक हस्ताक्षर भएको थियो ।

यस सहकार्य अन्तर्गत कुमारी बैंकले उपायका ड्राइभर पार्टनरहरुलाई क्युआर सुविधाका साथै सहुलियत कर्जा, जीवन बिमा,न्यूनतम डाउन पेमेन्ट र इएमआइ अप्सन लगायतका थप सेवासुविधाहरु प्रदान गर्ने भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री