पाँचथरमा जीप दुर्घटना, चालकको मृत्यु

पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

याङवरक गाउँपालिका-१, च्याङथापू जाँदै गरेको मे१ज ३५६ नं को जीप याङवरक-३ यलम्बर चोकमा दुर्घटना हुँदा सवारी चालक फिदिम नगरपालिका- २ पल्लोटारका ३५ वर्षीय फूलकुमार राईको मृत्यु भएको छ ।

गम्भिर घाइते भएका राईको  उपचारको क्रममा अस्पताल फिदिममा  मृत्यु भएको  प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका फिदिम-२ का २२ वर्षीय आशिष राईको उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री