सिटिको ठक्करबाट साईकलयात्रीको मृत्यु

सुनसरी  । सुनसरी भोक्रहा नरसिंह-४ मिलनचोक स्थितमा बस्ने ५५ बर्षीय बेचन उराउको सिटिको ठक्करबाट मृत्यु भएको छ ।

सोमबार बेलुका साढे ७ बजे मिलनचोक स्थित भित्रि सडक खण्डमा को १ ह १५७० नम्बरको सिटिले बिपरित दिसाबाट साईकलमा आईरहेका उराउलाइ ठक्कर दिदा उनि गम्भिर घाइते भएका थिए ।

गम्भिर घाइते भएका उराउको म्याक्स हस्पिटल बिराटनगरमा उपचारको क्रममा मंगलबार अपरान्ह  मृत्यु भएको  प्रहरीले जनाएको छ ।

ठक्कर दिने सिटि र चालक भोक्रहा-१ का दिब नारायण मेहता नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री