माओवादी मन्त्रीलाई सरकारबाट फिर्ता आउन निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ । पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार माओवादीको कोटामा मन्त्री बनेका तर पार्टीमा नफर्किएका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिइएको हो । माओवादीको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् । उनीहरु पार्टीमा नफर्की प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमालेतिर लागेका छन् ।

२३ जना केन्द्रीय सदस्यलाई स्पष्टीकरण
त्यसैगरी माओवादी केन्द्रले एमालेमा केन्द्रीय सदस्य बनेका २३ नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । उनीलाई २४ घण्टाभित्र पार्टीमा फर्किने वा दलत्यागबारे स्पष्टीकरण दिन भनिएको हो ।

बैठकले भोलि ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनका अनुसार चैत २ गतेका लागि राखिएको राष्ट्रियभेला भने अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री