खप्तड छेडेदह बन्यो ‘एक घर एक बैंक खाता’ सञ्चालन गर्ने देशकै पहिलो गाउँपालिका

बाजुरा । जिल्लाको खप्तड-छेडेदह गाउँपालिका एक घर एक बैंक खाता अभियान सम्पन्न गर्ने नेपालकै पहिलो गाउँपालिका घोषणा भएको छ । हिमालयन बैंक लिमिटेडको छेडेदह शाखाको सहकार्यमा उक्त अभियान सम्पन्न भएको हो ।

‘वित्तिय चेतनामा अभिबृद्धि-सन्तुलित आर्थिक गतिबिधि आत्म निर्भरताको लागि बैंक खाता’मार्फत वचत बृद्धि नारा तय गर्दै गाउँपालिकाले हिमालयन बैंक मार्फत अभियान चलाएको थियो । शुक्रबार गाउँपालिकामा आयोजित एक विशेष कार्यक्रम बीच उक्त घोषणा गरिएको हो । २०७६ सालको नयाँ वर्षमा सरकारले ‘समृद्धिसँग जोडौं नाता, सबै नेपाली बैक खाता’ नारा सहित खोलौ बैंक खाता अभियान घोषणा गरेको थियो । ३,२३४ घरधुरी रही २२,१३५ जनसंख्या रहेको गाउँपालिकामा करिब १ वर्षको अबधिमा बैंकले उक्त अभियान अन्तर्गत ९,४७६ खाता खोली सञ्चालनमा ल्याएको हो ।कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक सुदुरपश्चिम प्रादेशिक कार्यालयका निर्देशक शुभाषचन्द्र घिमिरेले बैंक तथा वित्तिय संस्थाको सहभागितामा मात्र आर्थिक गतिबिधि सहज हुने तथा विकासका कार्यक्रमले गति लिने बताए । यस क्षेत्रको बैंकिङ्ग सचेतनाको स्तर निकै उच्च रहेको आफुले महसुश गरेको उनको भनाई छ । अभियान सञ्चालनमा सहभागी सबैलाई धन्यवाद दिदै उनले यस किसिमको काम नेपालकै वित्तिय साक्षरता अभियानको लागि नमुना भएको बताए ।कार्यक्रममा बोल्दै विशिष्ट अतिथि बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले छोटो समयमै सम्पन्न भएको यस खालको कार्यक्रमले गाउँपालिकाको ‘वित्तिय चेतनामा अभिबृद्धि-सन्तुलित आर्थिक गतिबिधि आत्म निर्भरताको लागि बैंक खाता मार्फत वचत बृद्धि’ नारालाई बास्तविकतामा परिणत गर्ने बताए । अभियानबारे प्रतिक्रिया दिदै उपस्थित स्थानीय सुर्जादेबी रावतले हिमालयन बैंकले सञ्चालन गरेको अभियानले गाउँपालिकालाई नै नमूना पालिकाको रुपमा चिनाएको तथा स्थानीयहरुलाई बैंकिङ्ग सचेतना र सेवामा उल्लेख्य बृद्धि गरेको बताइन् ।स्थानीय व्यवसायी सुबेन्द्र जनरल स्टोरका प्रोप्राइटर लालबहादुर रावतले हिमालयन बैंकको शाखा स्थापनाले जिल्ला सदरमुकाम मार्तडी तथा धनगढीबाट लिइ रहेको आधुनिक बैंकिङ्ग सेवाहरु आफ्नै घरदैलोमा आएको र स्थानीयको जिवनस्तरमा सकरात्मक सुधार भैरहेको बताए । उनले चर्को व्याजदरमा साहु महाजनहरुबाट हुने गरेको कर्जा कारोबार सहुलियत व्याज दरमा ‘क’ वर्गको बैंकमार्फत घरदैलोमै उपलब्ध भएकोमा खुसी व्यक्त गरे ।कार्यक्रमका सभापति एवं गाउँपालिका अध्यक्ष नरबहादुर रावतले नेपालमा बैंकिङ्ग सेवाको सुरुवात भएको ८६ वर्ष पश्चात् भएपनि मानव बिकास सुचकांकको अन्तिम स्थानमा रहेको जिल्लाको स्थानीय निकायले नै वित्तिय साक्षरता अभियानमा नमुनाको रुपमा उदाएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा बाजुरा जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरु, स्थानीय ३१ सार्वजनिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, सर्वसाधारण लगायत करिब ५ हजारको उपस्थिति रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘८% नबिल डिवेन्चर २०८९’को निष्काशनको लागि नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र निष्काशनको लागि निष्काशन तथा …

प्रतिकृया दिनुहॊस