सरसफाइ अनिवार्य
छालालाई सुन्दर राख्न र रोगमुक्त बनाउन दिनको दुईपल्ट सफा गर्नु पर्छ ।
घामबाट जोगाउ
घामबाट जोगाउन सनस्क्रिनको प्रयोग गर्नुपर्छ । यो हावापानीका लागि ३० एसपीएफ भएको सनस्क्रीन राम्रो हुन्छ । घरबाहिर निस्किनु २० देखि ३० मिनेटअघि सनस्क्रिन लगाउनुपर्छ ।
पोषणयुक्त खाना
गर्मीमा पानी धेरै खानुपर्छ । पोषणयुक्त खानेकुरा पनि सौन्दर्यका लागि चाहिने कुरा हो । छालालाई हाइड्रेड राख्नका लागि करेला, काँक्रो, पालक, तरबुजा,जस्ता खानेकुरा खानुपर्छ ।
स्क्रबको प्रयोग
छालालाई रुखो र सुख्खा हुनबाट जोगाउनका लागि स्क्रब गर्न जरुरी हुन्छ । स्क्रब गर्दा मृत एवं पुरानो छालाका कोषिका हट्छन् । यी मृत कोषिका हटाउन घरेलु उपाय भनेको एकदिन बिराएर चिनिसँगै कागती मिसाएर अनुहारमा दल्नुपर्छ ।
प्रतिकृया दिनुहॊस