काठमाडौँ । भारतको हरियाणामा गोली हानेर पाँच जनाको हत्या भएको छ । हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी गोली चलेको हो ।
गोली लागेर दुई महिला, एक अढाइ वर्षको बालक र दुई पुरुषको मृत्यु भएको भारतीय पत्रिका दैनिक भास्करले उल्लेख गरेको छ । घटनामा अन्य दुईजना घाइते भएका छन् ।
पुरानो रिसिइबीका कारण एउटा समूहले गोली चलाएको हुसक्ने अनुमान छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
तपाईंको प्रतिकृया




