म्यानमारमा सेनाले लगायो फेसबुक प्रयोगमा प्रतिबन्ध

काठमाडौं । म्यानमारमा सेनाले ‘कू’ गरेपछि सेनाको आदेशमा इन्टरनेट सेवाहरू बन्द गरिएका छन् । म्यानमारमा फेसबुक प्रयोगमा फेब्रुअरी ७ सम्मका लागि पूर्णरुपमा प्रतिबन्ध लगाइएको हो । तथा अन्य सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको छ ।

म्यानमारको सञ्चार तथा सूचना मन्त्रालयले देशलाई अस्थिर बनाउन फेसबुकमार्फत हल्ला फैलाइरहेकाले फेब्रुअरी ७ सम्म फेसबुक बन्द गरेको जनाएको छ । नेतृ आङ साङ सू चीको रिहाइको माग गर्दै प्रदर्शन हुने आशंकाले सेनाले इन्टरनेटमा प्रतिबन्ध लगाएको छ । म्यानमारमा ५३ करोड मानिस फेसबुकको प्रयोग गर्छन् ।

म्यानमारको अदालतले आयात निर्यात कानूनको उल्लंघन गरेको आरोपमा सू ची र राष्ट्रपतिलाई १४ दिनको लागि हिरासतमा पठाएको छ । एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा डंगोल नियुक्त

काठमाडौँ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त भएकी छन् । गत …

प्रतिकृया दिनुहॊस

This will auto close after