नेपाल प्रेस युनियनको महाधिवेशन आगामी जेठमा

काठमाडौं । नेपाल प्रेस युनियनको केन्द्रीय कार्यसमितिको बैठकले नवौं महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ । बुधबार बर्दियाको ठाकुरद्वारामा बसेको सो बैठकले आगामी जेठ १३ र १४ गते नवौं महाधिवेशन गर्ने निर्णय गरेको हो ।

युनियनको नवौं महाधिवेशन जेठ १३ र १४ गतेका लागि निर्धारण गरिएको अध्यक्ष बद्री सिग्देलले जानकारी दिए । महाधिवेशन कुन ठाउँमा गर्ने भन्ने विषयमा सचिवालयले टुंगो लगाउने उनले बताए ।

यसअघि गत चैत २१ र २२ गते बाँकेको नेपालगञ्जमा युनियनले महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण महाधिवेशन स्थगित गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री