नेपाल प्रेस युनियनको महाधिवेशन आगामी जेठमा

काठमाडौं । नेपाल प्रेस युनियनको केन्द्रीय कार्यसमितिको बैठकले नवौं महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ । बुधबार बर्दियाको ठाकुरद्वारामा बसेको सो बैठकले आगामी जेठ १३ र १४ गते नवौं महाधिवेशन गर्ने निर्णय गरेको हो ।

युनियनको नवौं महाधिवेशन जेठ १३ र १४ गतेका लागि निर्धारण गरिएको अध्यक्ष बद्री सिग्देलले जानकारी दिए । महाधिवेशन कुन ठाउँमा गर्ने भन्ने विषयमा सचिवालयले टुंगो लगाउने उनले बताए ।

यसअघि गत चैत २१ र २२ गते बाँकेको नेपालगञ्जमा युनियनले महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण महाधिवेशन स्थगित गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after