काठमाडौं । आज,बुधबार १४२ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४२ जनामा संक्रमण भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ।
संक्रमित मध्ये २ लाख ६७ हजार ६५ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ३१जना पुगेको छ।
प्रतिकृया दिनुहॊस