काठमाडाैँ । झपामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । विर्तामोड नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना ६ ख १५२० नम्बरको बसले काट्दै गरेका पैदलयात्री ३२ वर्षीय सागर मिश्रलाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते भएका मिश्रलाई उपचारका लागि नजिकैको बिर्तासिटी अस्पताल पु¥याउँदा चिकित्सकले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए। मृतक मिश्र नगरमा मागि हिड्ने गर्थे ।
बसका चालक बिर्तामोड–७ का ३८ वर्षीय रवि पाठकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
तपाईंको प्रतिकृया




