उच्च पहाडी तथा हिमाली भेगमा हिमपात, तराईमा बाक्लो हुस्सु

काठमाडाैँ । हाल नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको छ। अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु–कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ ।  बाँकी पहाडी भू–भागमा आंशिक बदली  हुने र अन्य भू–भागमा  मौसम सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति  पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री