सामसङ ग्यालेक्सी एस२१ फोन नेपाली बजारमा

काठमाडौं ।  सामसङ नेपालले एस२१ सिरिज नेपाली बजारमा ल्याएको छ। ती हुन्ः ग्यालेक्सी एस२१, एस२१प्लस र एस२१ अल्ट्रा।

यी सिरिजमा आधुनिक डिजाइन, इपिक प्रो ग्रेड क्यामरा, भिडियो र अहिलेसम्मकै शक्तिशाली प्रोसेसर राखिएको कम्पनीको भनाइ छ।

सामसङ ग्यालेक्सी एस२१ र एस२१प्लसमाप्रो–ग्रेड क्यामरा छ। एस२१ अल्ट्रामा एडभान्स प्रो ग्रेड क्यामरा छ भने ६.८ इन्चको डिस्प्ले छ।  फोनलाई ३० मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिन्छ।

ग्राहकले एस२१ अल्ट्रा १२ जिबी र्‍याम/२५६ जिबी रोममा, एस२१प्लस र  स२१  ८ जिबी र्‍यामर २५६ जिबी रोम क्षमतामा किन्न पाउँछन्।

एस२१ अल्ट्रा, एस२१प्लस र एस२१ को मूल्य क्रमशः एक लाख ५४ हजार ९ सय ९९, एक लाख २९ हजार ९ सय ९९ र १ लाख ९ हजार ९९ रहेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो

काठमाडौं । सेन्साई ब्राण्डको एयर कुलरहरूको माग अत्यधिक बढ्दै गएको छ । कम्पनीका अनुसार गर्मी …

प्रतिकृया दिनुहॊस