सनराइज बैंकको थप ३ शाखारहित बैंकिङ्ग सेवा सुरु

काठमाडाैं । सनराइज बैंकले शुक्रबार त्रियुगा नगरपालिका -४ बगाहा उदयपुरमा १, शनिबार सिद्धिचरण नगरपालिका -४ रुम्जाटार ओखलढुंगा र मानेभञ्ज्याङ्ग गाउँपालिका -४ केत्तुके ओखलढुंगामा २  शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने  छ ।

यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री