नेपालमा पनि भेटियो नयाँ प्रजातिको कोरोनाभाइरस

काठमाडौं । नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको हो ।

पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएको थियो । तर जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार  भाइरसको भए नभएको खुलेको थिएन । नयाँ प्रजातीको भाइरसको संक्रमण हो/होइन भन्ने पुष्टि गर्नका लागि मिति २०७७ पुष २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमूना पठाइएको थियो ।

उक्त नमूनाहरुको नतिजा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई ई–मेल मार्फत २०७७ माघ ५ गते प्राप्त भएको र ३ जनामा नयाँ प्रजातीको भाइरसको संक्रमण पुष्टि भएको छ ।

उनीहरु तीनै जनामा नयाँ भेरियन्टको कोरोना देखिएपनि कुनैमा पनि लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री