काठमाडौं । गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । जिप दुर्घटना हुँदा बेहुलासहित १३ जना घाइते भएका छन् ।
गुल्मीको कालीगण्डकी गाउँपालिका-२ अर्बेनी कोटबाट जन्ती बोकेर स्याङ्जातर्फ जाँदै गरेको ग१ज ५०८६ नम्बरको जिप दुर्घटनामा परेको हो ।
घाइते१३ जना मध्ये १ जना गम्भीर घाइते भएका कारण उनलाई पाल्पा अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया



