लाइसेन्सको फाराम भर्ने सर्भरमा समस्या देखिएपछि सेवा अवरुद्ध

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएपछि सेवा अवरुद्ध भएको छ ।

सेवा समस्या देखिएपछि यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सर्भर मर्मत गर्नुपर्ने भएकाले १ दिनका लागि बन्द गरिएको जानकारी दिएको छ ।

विभागको सूचनामा पनि ‘सवारी चालक अनुमतिपत्रको अनलाइन फारम सर्भरको मर्मतका लागि आज अनलाइन सर्भर बन्द’ गरिएको उल्लेख छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री