नेपाल इन्भेष्टमेन्ट बैंकको वार्षिक साधारणसभा माघ ८ गते हुने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट  बैंकको वार्षिक साधारणसभा  आगामी माघ ८ गते हुने भएको छ ।

बैंकले सो दिन बिहान १० बजे काठमाडौंको दरबार मार्गस्थित बैंकको केन्द्रिय कार्यालयमा आफ्नो ३४औं वार्षिक साधारणसभा बोलाएको हो ।

सभाले सञ्चालक समितिको लाभांश प्रस्तावलाई पारित गर्दै छ ।    बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस र ५.५० प्रतिशत नगद गरी १८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

सभामा जाने प्रयोजनको लागि बैंकको आगामी पुस २२ गतेदेखि बुक क्लोज हुने भएको छ । यससँगै पुस २१ गतेसम्म बैंककाे सेयर हाेल्ड गरेका तथा कम्पनीकाे सेयर किनेका सेयरधनीले प्रस्तावित १८.५ प्रतिशत लाभांश पाउने छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री