सुनको भाउ बढ्यो, तोलाको कति ?

काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य चाहिँ घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन १ सयले बढेको हो भने चाँदी १५ रुपैयाँले घटेको हो ।

मंगलबार ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार १ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री