ट्याक्टरले किचेर बालकको मृत्यु

मोरङ । ट्याक्टरले किचेर बालकको मृत्यु भएको छ ।  मोरङको केरावारी गाउँपालिका-६ बुद्धचोक बस्ने जितेन तामाङको ३ बर्षीय छोरा पासाङ तामाङको ट्याक्टरले किचेर मृत्यु भएको छ ।

मंगलवार दिउँसो ३ बजेको समयमा जितेन तामाङको घर अगाडी पार्किङ गरी राखिएको आफ्नै ट्याक्टरमा अन्य केटाकेटीहरु समेत खेलिरहेको अवस्थामा ट्याक्टरको गियर चलाउदा ट्याक्टर आफै गुड्न गई अगाडी खेलिरहेको  बालकलाई किच्दा घाईते भएका बालकको धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री