काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
पुस ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।
बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ३३.५ प्रतिशत बोनस र १.७६ प्रतिशत नगद (कर समेत) गरी कूल ३५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यो लाभांश वाणिज्य बैंकहरु मध्येकै धेरै हो ।
सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिने जनाइएको छ ।
प्रतिकृया दिनुहॊस