आज थप ७ सय ४२ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुग्यो

काठमाडौं । आज  सोमबार ७ सय ४२  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४  पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ४४ हजार ७४३  जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १७ सय ९५ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री