प्राइम बैंकले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । प्राइम बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५  प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

पुस ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी १६ अर्ब रुपैयाँ नाघ्ने छ ।

सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिने जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री