काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले परिवर्तित सन्दर्भलाई विगतको त्रुटि र कमिकमजोरी सच्याउने अवसरको रुपमा लिन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत संसद विघटन र मध्यावधि निर्वाचनकाबारे आफ्ना धारणा राख्दै थापाले अब सबै नेपाली अटाउने राजनीतिक संरचना, शासकीय स्वरुप निर्माणको अवसरकारुपमा यसलाई लिनुपर्ने बताए । प्रधानमन्त्री केपी ओली नेतृत्व सरकारले भने संविधान र प्रजातान्त्रिक मूल्यमान्यता विपरित काम गरेको अध्यक्ष थापाको जिकिर छ ।
पार्टीको आन्तरिक विवादले देशलाई अस्थिरता र अराजकताको भूमरीमा फसाएको थापाको तर्क छ । ‘प्रतिनिधि सभा विघटन गर्ने नेकपा नेतृत्वको सरकारको निर्णय संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरित छ,’ अध्यक्ष थापा लेख्छन्- ‘सत्तारुढ दल नेकपा भित्रको आन्तरिक विवाद र विग्रहको कारण देश अस्थिरता र अराजकताको भुमरीमा फसेको छ। प्रजातान्त्रिक मूल्य मान्यतालाई गंभीर क्षति पुर्याएको छ ।’
प्रतिनिधि सभा विघटन गर्ने नेकपा नेतृत्वको सरकारको निर्णय संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरित छ।
सत्तारुढ दल नेकपा भित्रको आन्तरिक विवाद र विग्रहको कारण देश अस्थिरता र अराजकताको भुमरीमा फसेको छ। प्रजातान्त्रिक मूल्य मान्यतालाई गंभीर क्षति पुर्याएको छ।— Kamal Thapa (@KTnepal) December 20, 2020
थापाले ६२-६३ पछि अवलम्बन गरिएको अवधारणा र मार्गचित्र गलत रहेको भन्दै यसलाई अब सच्याउनुपर्ने बताए । ‘पछिल्लो घटनाक्रमले ६२-६३ पछि अवलम्बन गरिएको अवधारणा र मार्गचित्र गलत रहेको तथ्यलाई थप पुष्टि गरेको छ,’ थापाले भने- ‘परिवर्तित सन्दर्भलाई विगतको त्रुटि कमिकमजोरी सच्याउने र सबै नेपाली अटाउने राजनीतिक संरचना र शासकीय स्वरुप निर्माणको अवसरका रूपमा प्रयोग गर्न सम्वद्ध सबै पक्षमा राप्रपा अपिल गर्दछ ।’
पछिल्लो घटनाक्रमले ६२/६३पछि अवलम्बन गरिएको अवधारणा र मार्गचित्र गलत रहेको तथ्यलाई थप पुष्टि गरेको छ।
परिवर्तित सन्दर्भलाई विगतको त्रुटि कमिकमजोरी सच्याउने र सबै नेपाली अटाउने राजनीतिक संरचना र शासकीय स्वरुप निर्माणको अवसरका रूपमा प्रयोग गर्न सम्वद्ध सबै पक्षमा राप्रपा अपिल गर्दछ— Kamal Thapa (@KTnepal) December 20, 2020




