विप्लवकाे प्रतिक्रिया- ‘संसदीय व्यवस्था असफल भएको पुष्टि’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै संसदीय व्यवस्थाको असफलता पुष्टि भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विषयमा टिप्पणी गर्दै उनले अहिलेको असफलता र संकट आउनु अनिवार्य भएको र हाल आएर त्यसको नतिजा देखिएको बताएका छन् । ‘दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको असफलता र वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको आवश्यकतालाई निर्विकल्प रूपले पुष्टि गरेको छ,’ विज्ञप्ति जारी गर्दै विप्लवले भनेका छन् ।

जनताको शान्ति र प्रगतिको आकाङ्क्षा पूरा गर्न असफल हुँदा फासिवादको सहाराद्वारा आफ्नो संकट टार्न खोज्ने संसद्वादी तत्वहरूको विश्वव्यापी चरित्रअनुरूप ओलीले यो कदम चालेको उनको तर्क छ । तीन दशकको प्रयोगमा जनताले मौका दिँदादिँदै पनि पूर्णतः असफल भइसकेको संसदीय व्यवस्थाको गोलचक्करबाट नयाँ समाधान होला भन्ने भ्रममा पर्नु नहुने उनको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री