सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा झापामा

काठमाडौं । सनराइज बैंकले झापा जिल्लाको भद्रपुर नगरपालिका-१, पृथ्वीनगर-कुलेचौकमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सोसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५५ पुगेको छ ।

बैंकले भद्रपुर नगरपालिका वडा नं -१, पृथ्वीनगर-कुलेचौकमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा गौरव लुईंटेललार्ई नियुक्त गरेको छ ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सक्ने छन् ।

यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप