काठमाडौं । इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृतमा भूपेन्द्र पाण्डे नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीको कार्यकाल सकिएका कारण बैंक सञ्चालक समितिले तत्कालका लागि पाण्डेलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिएको हो ।
पाण्डे बैंकका नायव प्रमुख कार्यकारी अधिकृत हुन् । दुई वर्षअघि राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका थिए र लगत्तै इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत बनेका थिए । शंकरदेव क्याम्पसबाट विजनेश स्टडी, एकाउन्टिङ तथा फाइनान्स विषयमा मास्टर डिग्री हासिल गरेका छन् । दी इन्स्टीच्यूट अफ चार्टर्ड एकाउन्टस् अफ इण्डियाबाट एफसीए डिग्री पनि हासिल गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकमा १२ वर्ष ९ महिना काम गरेकाे अनुभव पाण्डेसँग छ । त्यस्तै सन् २०१८ सेप्टेम्बरदेखि इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंकमा कार्यरत छन् । पाण्डे विगत दुई दशकदेखि बैकिङ र कर्पोरेट क्षेत्रमा कार्यरत छन् । बैंकर्स अनिल ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । ज्ञवालीको दुई वर्ष कार्यकाल मंसिरबाट सकिएकाे छ ।



