पटक-पटकको बलात्कारबाट १३ वर्षीया बालिका गर्भवती, आरोपितलाई आठ वर्ष कैद

सप्तरी । एक बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका-५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई अदालतले आठ वर्ष कैद सजाय गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले थुनामा रहेका आरोपितलाई आठ वर्ष कैद सजाय तोकेको हो ।

उनी विसं २०७४ चैत १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले आरोपितलाई आठ वर्ष कैद सजायका साथै रु १० हजार जरिवानाको फैसला समेत भएको बताए । शम्भुनाथ नगरपालिका-२ मा काठको फर्निचर पसल सञ्चालन गरी बसेका आरोपितले १३ वर्षीया बालिकालाई ललाइफकाई पटक-पटक बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा २०७४ फागुन २० गते उजुरी दिएकी थिइन् ।

पटक-पटक आरोपितले बलात्कार गरेको कुरा पीडित बालिकाले ढिलो गरी बताएकाले प्रहरीमा कारवाहीका लागि उजुरी गर्न ढिलाइ भएको पीडितकी आमाले बताइन् । प्रहरीले आरोपितलाई २०७४ फागुन २२ गते पक्राउ गरेकामा अदालतको आदेशमा २०७४ चैत १८ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा राखिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री