काठमाडौं । माछापुच्छ्रे बैंकले जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट खरिदको लागि सहुलियत कर्जा दिने वताएकाे छ । यसै क्रममा माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थमूभर्स प्रा.लिबीच सम्झौता भएको छ । साे सम्झौतापत्रमा एमएडब्लु अर्थमूभर्सबाट अध्यक्ष बिष्णु कुमार अग्रवाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् ।कम्पनीका ग्राहकहरुले जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट खरिदमा माछापुच्छ्रे बैंकबाट सहुलियत दरमा कर्जा पाउने भएका छन् ।
उक्त सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत र एमएडब्लु अर्थमूभर्स प्रा.लिका देशभर रहेका डिलरबाट जेसिबी ब्रान्डका नयाँ हेभि इक्युपमेन्ट खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्ने जानकारी दिएकाे छ ।
बैंकले १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा तथा ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएसमार्फत बाट ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।




