ललितपुरको चापागाँउमा मजदुरको कुटाइबाट ठेकेदारको मृत्यु

ललितपुर । ललितपुरको चापागाउँमा मजदुरको कुटाइबाट ठेकेदारको ज्यान गएको छ । सिन्धुलीको फिक्कल गाउँपालिकाका–४ का ३७ वर्षीय ठेकेदार नारायणबहादुर श्रेष्ठको उदयपुर, कटारीका मिलन राना मगरको कुटपिटबाट ज्यान गएको हो ।

बिहीबार मगर ठेकेदार श्रेष्ठको घरमा मजदुरीको पैसा लिन गएका थिए । तर, श्रेष्ठले पैसा नदिएपछि उनीहरुबीच झगडा भएको प्रहरीले जनाएको छ । सो समय उनीहरु दुवै जनाले मादक पदार्थ सेवन गरेको खुल्न आएको प्रहरीले जनाएको छ । कुुटपिट लगत्तै प्रहरीले मगरलाई पक्राउ गरेको थियो भने श्रेष्ठ बेपत्ता थिए ।

भोलिपल्ट पनि परिवारले श्रेष्ठ घर नआएको भनेपछि प्रहरीले खोज्ने क्रममा कुटपिट भएको स्थान नजिकै झाडीको छेउमा शुक्रबार राति श्रेष्ठलाई मृत फेला पारेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी प्रज्वल महर्जनले जानकारी दिए । पक्राउ परेका मगरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री