नेपालगन्ज । बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर -४ का ५० वर्षीय पुरुष छन्। उनको उपचारका क्रममा भेरी अस्पतालमा आइतबार बिहान ३ः३० बजे मृत्यु भएको हो ।
मृतक नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा शाखामा कार्यरत अधिकृत हुन् । स्वास्थ्यमा समस्या देखिएपछि मंसिर २४ गते पीसीआर परीक्षण गराएका उनमा २५ गते कोरोना पुष्टि भएको थियो ।
त्यस्तै डोटीको दिपायल सिलगढी -५ का ४९ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा शनिबार बेलुकी ७ः४५ बजे उपचारका क्रममा मृत्यु भएको छ।
तपाईंको प्रतिकृया




