आज थप १ हजार ४४ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुग्यो

काठमाडौं । आज शुक्रबार १ हजार ४४  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४४  जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ३२  हजार ८७२ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १६ सय ७४ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री