पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ५४१ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा आज शुक्रबार ५४१  जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ४०२, भक्तपुरमा ३४ र ललितपुरमा १०५  जना संक्रमित थपिएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ भने  मृत्यु हुने संख्या १ हजार ६३७ पुगेको  छ ।

संक्रमित मध्ये २ लाख ३२  हजार ८७२ जना उपचारपछि निको भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री