सिद्धार्थ बैंकद्वारा वृद्धाआश्रमलाई दुई लाख रुपैयाँ सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं-९ गोठाटारमा  श्री कृष्ण प्रणामी सेवा समिति नेपाललाई सामाजिक उत्तरदायित्व अन्र्तगत २ लाख आर्थिक सहयोग गरेको छ ।

२०७२ सालमा गएको विनाशकारी भुकम्पको कारणलेक्षति पुगेको र जोखिममा रहेकोश्री कृष्ण प्रणामी भवनको पुन संरचना कार्य गर्नका लागि भन्दै बैंकले  सो रकम सहयोग गरेको हो ।

भवनमा समितिद्वारा वृद्धआश्रम सञ्चालन गर्दै आएको र निर्माण पश्चात सो भवन समितिले असाहाय वृद्धवृद्धाहरुको आवासका लागि उपयोग गर्नेछ ।

समाज कल्याणको कार्य गर्दै आइरहेका उक्त संघलाई बैंकले पु¥याएको सो रकम सहयोगबाट आश्रय प्रदान हुने र वृद्ध नागरिक कल्याणमा केहि हदसम्म भए पनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री