काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता राजेन्द्र लिङ्देनको अवस्था सुधारोन्मुख देखिएको छ । निमोमिया भएपछि गम्भीर बिरामी परेका नेता लिङ्देनको अवस्था सुधारोन्मुख देखिएको हो ।
स्वास्थ्य अवस्था नाजुक भएपछि उपचारका लागि उनलाई बिहीबार विर्तामोडस्थित बीएन्डसी अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो । थप उपचारका लागि उनलाई त्यहाँबाट बिहीबार नै काठमाडौं ल्याइएको थियो ।
उनको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । पारिवारिक स्रोतका अनुसार उपचाररत लिङ्देनको अवस्था अहिले सुधारोन्मख रहेको हो । लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम् झापा क्षेत्र नं. ३ का सांसद् हुन् ।
तपाईंको प्रतिकृया




