कोरोना बीमितले भुक्तानी पाउछन्, चाप भएकाले ढिला भयो : बीमा समिति

काठमाडौँ । कोरोना बीमा दाबी भुक्तानीका लागि केही समय धैर्य गर्न बीमा समितिले बीमीतहरुलाई आग्रह गरेको छ ।

बिहीबार विज्ञप्ती जारी गर्दै बीमा समितिले असोज र कार्तिक महिनामा सबैभन्दा बढी कोरोना संक्रमण भएको र सोहि अनुसार दाबी भुक्तानी पनि धेरै आएकोले चाप कम भएपछि नियमित रुपमा भुक्तानी प्रक्रिया सञ्चालन हुने उल्लेख गरेको छ । समितिले सहि कागजात भएका बीमितहरुले भुक्तानी पाउनेमा कुनै शंका नगर्न पनि आग्रह गरेको छ ।

समितिले दाबी भुक्तानीका लागि कोरोना बीमाको दायित्व बीमा समिति र नेपाल सरकारको समेत भएकाले यसको लेखा परीक्षण महालेखा परीक्षणको कार्यालयबाट हुने र कतिपय स्पष्ट नभएको कोरोना परीक्षण रिपोर्ट नेपाल सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा भेरिफिकेशनका लागि पठाउनु पर्ने भएकाले समय लागेको बताएको छ ।

बीमा समितिको विज्ञप्ति :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री